Rabindra Mishra Profile Banner
Rabindra Mishra Profile
Rabindra Mishra

@RabindraMishra

Followers
1,121,476
Following
548
Media
3,715
Statuses
21,833

Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali . Founder, . Essayist & Poet. FB:

Nepal
Joined August 2011
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
Pinned Tweet
@RabindraMishra
Rabindra Mishra
2 years
परिवर्तनको हुटहुटी! यो गज्जबको भिडियोको लागि भुषण दाहाल ( @DahalTbd ) र All 3 Media Ghar प्रति आभार प्रकट गर्दछु!
186
240
2K
@RabindraMishra
Rabindra Mishra
8 years
जीवनका हरेक पक्षलाई सकेसम्म परोपकारसँग जोड्नु पर्छ भन्ने मान्यता अनुरूप कवितालाई परोपकारसँग जोड्दा यस्तो भयो!
Tweet media one
398
973
6K
@RabindraMishra
Rabindra Mishra
7 years
अबको १ घण्टामा मैले जीवनकै सबैभन्दा चुनौतिपूर्ण निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दैछु,जुन मेरो फेसबुक र ट्विटरबाट पनि उपलब्ध हुनेछ।
537
597
3K
@RabindraMishra
Rabindra Mishra
7 years
फोहोरीहरू बत्ति बलेको हेर्न सक्दैनन् किनकी उज्यालोमा सबै फोहोर देखिन्छ। त्यसैले सरकार राम्रोलाई हटाएर फोहरी नै भित्र्याउन उद्दत छ।
92
822
3K
@RabindraMishra
Rabindra Mishra
6 years
काठमाडौं क्षेत्र नं १ को परिणामबारे प्रेस विज्ञप्ति (प्रकाशन र प्रसारणका लागि सक्दो RT गरिदिन हार्दिक आग्रह गर्दछु) लिन्क: मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु।
279
657
3K
@RabindraMishra
Rabindra Mishra
7 years
कलेजमा आगो बाल्ने हे युवाहरू हो, हेरिराख्नोस् - आजभन्दा १० वर्षपछि तपाईंले आज लगाएको आगोले तपाईंलाई नै भतभति पोल्नेछ!
93
910
3K
@RabindraMishra
Rabindra Mishra
6 years
सरकार, तिमी देश कसरी बनाउँछौ जब 'बलात्कारीलाई लुकाउन खोज्छौ', न्याय माग्नेमाथि गोली चलाउँछौं, सिण्डिकेटका नाइकेहरूलाई संरक्षण दिन्छौ, कम्युनिस्ट भएर निजी अस्पताल/स्कूललाई प्रेरित गर्छौ, ठग ठेकदारको घरमा डेरा जमाएर बस्छौ, जेजे नगर्नु पर्ने सबै गर्छौ। दुई-तिहाईको शक्ति खेर फाल्छौ।
95
607
3K
@RabindraMishra
Rabindra Mishra
4 years
I am with @mkoirala . What a section of Indian media is doing is simply disgusting. One can live/work in any part of the world but still remain stunchly patriotic. What if similar comments are made to Indians residing abroad when they demonstrate loyalty to India?
84
365
3K
@RabindraMishra
Rabindra Mishra
3 years
एउटा यस्तो सिनेमा हेर्दैछु, जहाँ एउटा 'अपराधी'ले आर्को 'अपराधी'लाई पालैपालो 'अपराध'को आरोप लगाइरहेछन्। र, म दर्शकका रुपमा मनोरञ्जन लिइरहेछु। तर विडम्वना के भने, मजस्ता दर्शकले मनोरञ्जन लिएसम्म यस्ता सिनेमा बनिरहने छन्। र, म हेरिनै रहेको हुनेछु। यो विडम्वनालाई कसरी तोड्ने होला?
170
275
3K
@RabindraMishra
Rabindra Mishra
6 years
जसले रानीपोखरी झण्डै बर्बाद पारे, ज-जसले डा गोविन्द केसीलाई दुख दिए, ज-जसले न्यायलय, प्रहरी, प्रशासनमा हष्तक्षेप गरे - जानीजानी तिनैलाई विजयी गराउने मतदाताहरू अहिले दिक्क मानिरहेको हुनुपर्छ। मेरो पुरानै भनाई दोहोर्याउँ - मतदाताको मन र मत परिवर्तन नभएसम्म यो देश परिवर्तन हुँदैन!
207
408
3K
@RabindraMishra
Rabindra Mishra
7 years
प्रधानन्यायाधिश विरुद्धको महाअभियोगको विरोधमा सोमवार ३ बजे माइतिघरमा हुन लागेको विरोधमा सरिक हुन हार्दिक आग्रह -- नागरिक सञ्जाल, काठमाडौं।
104
728
3K
@RabindraMishra
Rabindra Mishra
7 years
बीबीसीमा आज मेरो अन्तिम दिन, अहिले पौने नौबजे मैले लिएको हैन मैले दिएको अन्तर्वार्ता सुन्न सक्नुहुनेछ है।
198
338
2K
@RabindraMishra
Rabindra Mishra
7 years
लामो समय ट्रयाफिक जाम गरेर हजारौं युवा देश बनाउन हर्न बजाउंदै मोटरसाइकलमा बेतोड दौडिरहेका छन्!म जाममा उनीहरुले बनाएको देश हेर्न पर्खिरहेछु।
92
715
2K
@RabindraMishra
Rabindra Mishra
6 years
डा केसीब���रे ओली अडानको बचाउ गर्नेहरूले भोली परिवारमा विमारी हुँदा ऋण लिनु पर्ने, घरखेत बेच्नु पर्ने, भरपर्दो उपचार नपाउने आफैंले हो, नेताले होइन, भन्ने बुझ्न नितान्त जरूरी छ। शीर्ष र अन्य कयौं नेता त उपचारका लागि विदेश गैहाल्छन्। त्यसैले यो पार्टीको होइन, परिवारको हितको विषय हो।
158
522
2K
@RabindraMishra
Rabindra Mishra
6 years
गरेरै छोड्ने हो, संवृद्धि हेरेरै मर्ने हो। यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व!
Tweet media one
147
285
2K
@RabindraMishra
Rabindra Mishra
2 years
रवी ( @hamrorabi ), तिमी सानै हुँदादेखि चिनेकोले मैले 'तिमी' भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि ह्रिदयदेखि शुभकामना व्यक्त गर्दछु!
Tweet media one
127
94
2K
@RabindraMishra
Rabindra Mishra
11 months
जनताका पाँच जायज प्रश्न: सर्बोच्च अदालतको फैसला नमान्ने @ShahBalen को घोषणालाई धेरैले आलोचना गरे। कानूनी शासनमा अदालतको निर्णय मान्नु पर्छ। तर जब राज्यले कानूनी शासनको नैतिक धरातल गुमाउँछ, न्यायलयको फैसलामाथि प्रश्न उठ्न थाल्छ। देशमा खासगरी राजनीति मुछिएका मुद्दाहरूमा…
Tweet media one
183
339
2K
@RabindraMishra
Rabindra Mishra
4 years
सज्जा चौलागाईं, वर्ष २२। बिरामी बुवा गाउँमा। आमा बैदेशिक रोजगारीमा। भाईको जिम्मेवारी आफ्नै काँधमा। ४ वर्षदेखि काठमाडौंका होटेल/रेस्टुराँमा गायन। रु ५० लाखको पुरस्कार सहित अहिले नेपाल आइडलको विजयी। सज्जाजी, तपाईं युवाका लागि बेजोड प्रेरणाको स्रोत हो। ह्रिदयदेखिको नमन र शुभकामना!
Tweet media one
46
133
2K
@RabindraMishra
Rabindra Mishra
6 years
हिजो र आज गएँ। २२ दिनदेखि यो ज्यान कसको लागि भोकै बसिरहेको छ? सिर्फ एक पटक सोचि दिनोस्। उनी तपाईंका बुढा बाउआमा र साना छोराछोरीका लागि मर्न तयार भएर लडेका छन्। अनि तपाईंचाहिं पार्टीगत आवद्धताको आधारमा दिल्ली र सिँगापुरमा उपचार गर्नेका लागि लड्न चहानु हुन्छ? कस्तो विडम्वना!
Tweet media one
130
432
2K
@RabindraMishra
Rabindra Mishra
6 years
कांग्रेसले समाजवाद नबिर्सिएको भए संसदमा बोल्दै @thapagk जीले "कांग्रेस नउठेको भए डाक्टर केसी सुतेकोसुत्यै हुन्थे" भन्नुभएछ। तर कांग्रेसका नेताहरूले निहित स्वार्थमा 'समाजवाद' नबिर्सिएको भए डा केसी सुत्नै पर्दैनथियो। समाजवादीले शिक्षा र स्वास्थलाई यसरी व्यापारीकरण कहिल्यै गर्दैनन्।
118
379
2K
@RabindraMishra
Rabindra Mishra
4 years
अरू देशका प्रधानमन्त्री हरेक मिनेट कोरोनाबाट जनतालाई कसरी बचाउने भनेर लागिरहेछन्। मेरो देशका प्रधानमन्त्री कहिले अरूको घर कसरी भाँड्ने, कहिले आफ्नै घरमा आगो लगाई अरूलाई सिध्याएर आफूचाहिँ कसरी बाँच्ने भनेर 'दुई-तिहाई' समय खर्च गरिरहेका छन्। "रिठ्ठाको बोट रोपेर कहाँ फल्छ र कागति!"
114
242
2K
@RabindraMishra
Rabindra Mishra
6 years
Happy Anniversary! तिमी छौ र पो म ‘म’ छु/नत्र यो सुन्दर नाङ्गो आकाशको/रसास्वादन गरिरहेका पंक्षीको क्षितिजमा खुलेको हिमाल/र ममा चढेको लालीको/त्यो गहिरो सास, अनि आऽशको/मेरो यात्रा अनि विश्रामको/के अर्थ, मेरो जिन्दगीको?/तिमी छौ र पो म‘म’ छु! फोटो: @bikasrauniar र किशोर कायस्थ
Tweet media one
Tweet media two
131
133
2K
@RabindraMishra
Rabindra Mishra
7 years
एकजना गुरूको भनाइ: मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र छातिमा इमानदारी लिएर हिँड्नु पर्छ। त्यति गर्न सके व्यक्ति, समाज र देश आफैं बन्छ।
87
534
2K
@RabindraMishra
Rabindra Mishra
7 years
जित्दैन कि भनेर भोट नदिने होइन। जिताउनलाई भोट दिने हो, नत्र भविष्य वर्वाद छ!
Tweet media one
128
561
2K
@RabindraMishra
Rabindra Mishra
6 years
बुवालाई विदा गरियो! आमा, भाइ र म पाँच दिने मृत्युकर्ममा छौं। मृत्युकर्मलाई समय-सापेक्ष सुधार गर्न अभियान चलाउने विशिष्ट व्यक्तित्वहरूप्रति हार्दिक नमन! यो पीडाको घढीमा बुवाप्रति श्रद्धाञ्जली अर्पण गर्ने र हामीप्रति समवेदना प्रकट गर्ने सबैप्रति आभारी छौं।
Tweet media one
Tweet media two
Tweet media three
420
152
2K
@RabindraMishra
Rabindra Mishra
6 years
लोकमान कार्की र गोपाल पराजुलीजस्ता पात्रले संस्थाहरू ध्वस्त पार्छन्। तर त्यस्ता पात्रलाई राजनीतिक सहमति या भागबण्डाको आधारमा नियुक्त गर्नेहरूलाई चाहिँ प्रश्नै गर्नु नपर्ने? कार्की र पराजुलीहरूलाई नियुक्त गर्नेहरू अझ बढी दोषी छन् भन्ने महशुस नभएसम्म यस्ता घटनाहरू दोहरी रहने छन्।
92
383
2K
@RabindraMishra
Rabindra Mishra
7 months
"सरकार! अर्को दशैँमा नारायणहिटी दरबारमा टिका लगाउन पाइयोस्!" तीन घण्टा लाइनमा बसेर टिका लगाउँदा मैले भनेँ। बाहिर आएर समाचार हेर्दा थाहा पाएँ: निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेछ। शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेछ। फरक यही हो।…
Tweet media one
245
146
2K
@RabindraMishra
Rabindra Mishra
3 years
कस्तो समय आयो! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने।अब अति भो!
145
196
2K
@RabindraMishra
Rabindra Mishra
2 years
विदेशी: हाम्रो सर्त मान, पंचायती व्यवस्था कायम रहन्छ। राजा वीरेन्द्र: 'व्यवस्था' ढलोस् तर तिमीहरूसामू झुक्दिन! विदेशी: 'बेबी किङ' मान, तिम्रो गद्दी कायम रहन्छ। राजा ज्ञानेन्द्र: 'गद्दी' जाओस् तर तिमीहरूसामू झुक्दिन! जन्मदिनको धेरैधेरै शुभकामना!
Tweet media one
145
161
2K
@RabindraMishra
Rabindra Mishra
5 years
प्रधानमन्त्रीज्यु, यो सम्मान होइन, अपमान हो! तपाईं हामी सबैको प्रधानमन्त्री - जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने? धर्म प्रचारकले दिएको पुरस्कार थाप्ने? खराब नेतृ्त्व र कुशासनका लागि यति बिघ्न आलोचना हुँदा "नेतृत्व र सुशासन पुरस्कार" लिन अफ्टेरो लागेन? फोटो: कान्तिपुर
Tweet media one
146
359
2K
@RabindraMishra
Rabindra Mishra
1 year
उहिले र अहिले: रङ्ग फरक, मुस्कान उही! यी फोटोको आज विशेष महत्व छ। यो मुस्कानमा आजसम्म हामीले तपाईँबाट पाएको साथ, सहयोग, स्नेह र प्रेमको ठूलो भुमिका छ। आभारी छौँ!
Tweet media one
92
35
2K
@RabindraMishra
Rabindra Mishra
3 years
विवेकशील साझाले - नेपाल बन्द कहिल्यै गर्दैन - यती, ओम्नी, बालुवाटार, लाउडा, धमिजा काण्ड गर्दैन - सार्वजनिक शिक्षा र स्वास्थ्यलाई निशुल्क र गुणस्तरीय बनाउँछ - संविधान घाइते पारेर चुनाव गर्न ८ अर्ब बजेट खोज्दैन (त्यति बजेटले देशका विपन्न क्षेत्रमा ४ व��ा अत्याधुनिक अस्पताल बन्छ‍)।
139
141
2K
@RabindraMishra
Rabindra Mishra
6 years
सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, तपाईंको आत्मबलले धेरै पटक तपाईंले स्वास्थ्य र अन्य प्रतिकूलतालाई जिति सक्नुभएको छ। तपाईंको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यो देश तपाईंकै जीवनकालमा संवृद्धिको मार्गमा अघि बढेको हेर्न पाइयोस्। तपाईंलाई धेरैधेरै शुभकामना!
Tweet media one
47
135
2K
@RabindraMishra
Rabindra Mishra
4 years
नेपथ्यका चर्चित @amritnepathya गाउँ फर्किएर खेतमा रमाएका छन्। गाउँका धेरैका लागि गुरुङको कृषिप्रेम प्रेरणा हुनेछ। इजरेलमा ४%मात्र कृषिमा छन् तर देशको ९५% प्रतिशत खाद्य आवश्यकता पुर्ति गर्छन्। नेपालमा ६५% बढी कृषिमा छन् र पनि हामी रू २२० अर्बभन्दा बढीको खाद्य आवश्यकता आयात गर्छौँ।
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
52
127
2K
@RabindraMishra
Rabindra Mishra
10 months
छिटोभन्दा छिटो राजगद्दीमा देख्न पाइयोस्! - देश संकट-उन्मुख 'छैन' भनेर हजार तर्क गर्नेका सन्तान (अपवाद बाहेक) कोही नेपाल बस्नेवाला छैनन्। - मलाई मरिमेटेर 'दास' भन्नेहरू (अपवाद बाहेक) मौका पाए कोही नेपाल बस्नेवाला छैनन्। - मैले गरेको राजसंस्थाको वकालत मेरा लागि होइन। भगवान…
Tweet media one
360
160
2K
@RabindraMishra
Rabindra Mishra
1 year
सबै हेर्दा/बुझ्दा, म नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति हुन्छ। मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो नि लाग्छ। तर फेरी 'गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो' भन्ने दृढता अगाडि क्षणिक निराशा के टिक्न सक्थ्यो र?
Tweet media one
197
58
2K
@RabindraMishra
Rabindra Mishra
1 year
बीचमा देशको 'मियो'। छेउछाउमा हामी! #विचारभन्दामाथिदेश, #NationAboveNotion
Tweet media one
308
72
2K
@RabindraMishra
Rabindra Mishra
7 years
चुनावी भिडियोः उनले घ्वाँ -घ्वाँ रुँदै भनिन्- "यो देशले दुख पायो, हजुरलाई खान पुग्छ, लोभ नगरिदिनुस्, सर!"
131
571
2K
@RabindraMishra
Rabindra Mishra
3 years
हार्दिक श्रद्धाञ्जली! कमेडियन आदर्श मिश्र ( @typicalNepali18 ) ले बुवा बचाउन गरेको संघर्ष, झेलेको झमेला र झारेको आँशु एउटा प्रतिनिधि घटनामात्र हो। यो देशमा विभिन्न रोगबाट राज्य र नीजि भ्रष्टताका कारण हरेक दिन यसैगरि हाम्रा बुबाआमा/दाजुभाइ/दिदीबहिनी जाने गर्छन्। त्यसका विरूद्ध लडौँ!
Tweet media one
75
139
2K
@RabindraMishra
Rabindra Mishra
6 years
डा केसीले अदालतको मानहानी गरेका हुन् या चित्तै काटिने गरेर अदालतलाई राजनीतिकरण गर्ने 'शिर्ष नेता'ले अदालतको मानहानी गरेका हुन्? अब सबैले गम्भिरतापूर्वक सोच्ने समय आएको छ। नत्र एउटा कानुनी समस्याको निरूपण हुन्छ, बारम्बार अर्को समस्या बल्झिरहने छ।
48
359
2K
@RabindraMishra
Rabindra Mishra
4 years
अझै केही वर्ष नेपाली राजनीतिमा 'कुलमानहरू'ले हारेर 'हनुमानहरू' र 'किशोर थापाहरू'ले हारेर 'विद्यासुन्दर'हरू जितिरहने छन्। तर अब धेरै समय पर्खनु नपर्ला। टुट्दैन र फुट्दैन भनिएका धेरै शक्तिहरूलाई जनताको शक्तिले परास्त गरेको छ। अति सर्वत्र वर्जयेत, जो भनिन्छ।
98
172
2K
@RabindraMishra
Rabindra Mishra
5 months
आज निsss हाम्रो वैवाहिक वर्षगाँठ! उनले साथ नदिएको भए जीवनमा लिएका कठिन निर्णयहरू केही पनि संभव नै हुने थिएन। हामीलाई तपाईँ पनि शुभकामना दिनोस् है।
Tweet media one
343
25
2K
@RabindraMishra
Rabindra Mishra
1 year
देशको पनि मान्छेको जस्तै भाग्यरेखा हुने रहेछ। आज तिमी भइदिएको भए! ७७ औँ जन्म जयन्तीको अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु! #विचारभन्दामाथिदेश, #NationAboveNotion
Tweet media one
57
69
2K
@RabindraMishra
Rabindra Mishra
4 years
Independent, serious academics & journalists are supposed to be objective - not emotional. Hope some serious academics/jouralists in India will research the historical facts relating to Limpiyadhura/Kalapani & tell the Indian government that it should stop bullying its neigbour.
39
279
2K
@RabindraMishra
Rabindra Mishra
5 years
सन्दीप ( @IamSandeep25 ) भिसा प्रकरण: देश सम्पन्न भएन भने यस्ता घटना दोहरी रहन्छ। सन्दीपजस्तै कयौँ प्रतिश्ठित नेपालीको भिसा अस्विकृत भएको छ। यो उनीहरूको मात्र होइन, देशकै अपमान हो। गरिव देशका नागरिकले बारम्बार यस्तो अपमान ब्योहर्नु पर्छ। भ्रष्टाचार घटाउँ, देश बनाउँ, सबै ठिक हुन्छ।
77
197
2K
@RabindraMishra
Rabindra Mishra
2 years
२१औँ जन्मदिनमा सुस्वास्थ्य, दिर्घायु, देशभक्ती, असल चरित्र र, भावी गद्दी-आसनको हार्दिक मंगलमय शुभकामना!‌ #विचारभन्दामाथिदेश, #NationAboveNotion ++
Tweet media one
243
123
2K
@RabindraMishra
Rabindra Mishra
5 years
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर-जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ छ। यो राष्ट्रपतिको सरकार होइन। नेपाली जनताको सरकार हो। संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख छ।
176
191
2K
@RabindraMishra
Rabindra Mishra
4 years
बाबुराम भट्टराई ( @brb1954 )को माग प्रति पूर्ण समर्थन जनाउँदै @Sajha_Party ले निरन्तर गर्दै आएको माग पुनः उल्लेख गर्न चाहेँ। हामी नेतृत्वमा पुगेपछि २०४६ सालदेखि उच्च राजनीतिक र प्रशासनिक पदमा बसेका सबैको सम्पत्ति छानविन गरि दोषीलाई कारवाही गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्नेछौं।
105
261
2K
@RabindraMishra
Rabindra Mishra
4 years
कस्तो अचम्मको समाज! एक संसदीय महाअभियोग, २ डिभोर्स, ६ टाट पल्टाइका घटना, २६ यौन दुर्व्यवहारका आरोप र अनुमानित ४००० मुद्दाहरु खेपिरहेका ट्रम्प अमेरिकाजस्तो शिक्षित, सुसंस्कृत, विकशित देशमा राष्ट्रपतीय चुनावमा अझै कडा प्रतिष्पर्धामा छन्। के रहेछ शिक्षा, सुसंस्कार र विकासको मापदण्ड?
184
137
2K
@RabindraMishra
Rabindra Mishra
6 years
कम्युनिस्टको नाममा कलंक: नेता र नेता पत्नी विमारी भए दिल्ली र सिँगापुरमा उपचार। न्यायको भिख माग्ने गंगामाया अनि दूरदराजका विपन्न जनताको स्वास्थसेवाका लागि निस्वार्थ लड्ने डा गोविन्द केसीलाई चाहिँ तिमीहरू मार्न चाहान्छौं। धिक्कार छ, तिमीहरूलाई। तिमीहरू कम्युनिस्टको नाममा कलंक हौ।
Tweet media one
Tweet media two
Tweet media three
123
478
2K
@RabindraMishra
Rabindra Mishra
7 years
"यिनको मनमा दया छैन, यिनको मनमा जनताको वास छैन। तर म यिनीहरूलाई छोड्ने वाला छैन।" डा केसीलाई आज साँझ भेट्दा उनले व्यक्त गरेको दृढता।
Tweet media one
49
438
2K
@RabindraMishra
Rabindra Mishra
6 years
समाजमा पाप हुन्छ, त्यसैले न्यायाधिस चाहिन्छ तर जब न्यायाधिसभित्रको 'न्याय' मर्छ, त्योभन्दा ठूलो पाप के हुन्छ!
60
251
2K
@RabindraMishra
Rabindra Mishra
6 years
कञ्चनपुरमा गोली नै चलाउन प्रहरी किन त्यति उद्दत? के भिड नियन्त्रणका अन्य उपाय प्रयोग भैसकेका थिए? यति दरिलो सरकारबाट यति निराशाजनक व्यबहारको अपेक्षा थिएन। १३ वर्षीय बालिकाको हत्याले रोएका मनहरू आज फेरी १४ वर्षीय बालकको गोली लागि मृत्यु हुँदा छियाछिया भएको छ। #JusticeforNirmala
61
303
2K
@RabindraMishra
Rabindra Mishra
4 years
के राष्ट्रपति 'ओली गुट'का नेता हुन्? होइनन् भने बारम्बार राष्ट्रपतिले ओली गुटका नेताको जस्तो व्यवहार गर्न मिल्छ? राष्ट्रपति गणतन्त्रका गहना हुन्। राष्ट्रपति संविधानका पालक र रक्षक हुन्। ओलीलाई संकटबाट बचाउने साधन होइनन्। सिँगो गणतन्त्रको खिल्ली नउडाऊँ।
140
192
2K
@RabindraMishra
Rabindra Mishra
7 years
आमा, तिमीले फोक्सै सुकुन्जेल फुकेर बालेको दाउरामा, म आज उर्जा खोजिरहेछु, ता कि भोलि कुनै आमालाई ढुँग्रो फुक्न नपरोस्!
Tweet media one
26
174
2K
@RabindraMishra
Rabindra Mishra
7 years
यो देशमा समाजवादी, पुँजीवादी, साम्यवादी, माओवादी, राजतन्त्रवादी, गणतन्त्रवादी, लोकतन्त्रवादी, मधेशवादी सबै भए - तर 'संविधानवादी' कोही भएनन्।
70
339
2K
@RabindraMishra
Rabindra Mishra
1 year
धेरैले रवि लामिछाने अनागरिक/राज्य विहिन भएको टिप्पणी गरेको देखियो। संविधानको पृष्ठ ४ मा “नेपालको नागरिकता…प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्" लेखिएको छ। उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन्। तसर्थ @hamrorabi अनागरिक/राज्यविहिन होइनन्।
97
84
2K
@RabindraMishra
Rabindra Mishra
4 years
साझा पार्टी सरकारलाई नेपाली रूपैयाँमा पृथ्वीनारायण शाहको फोटो अंकित गर्न र हरेक सरकारी कार्यालयमा उनको फोटो राख्न निर्देशन जारी गर्न आह्वान गर्दछ। देश-विदेशका सबै नेपालीलाई पनि हरेक वर्ष पौष २७ गते राष्ट्रिय एकता दिवस मनाउन @Sajha_Party आग्रह गर्दछ। पुरा:
Tweet media one
116
171
2K
@RabindraMishra
Rabindra Mishra
6 years
केही अनलाइन पत्रिकाहरूमा नयां शक्तिका नेता बाबुराम भट्टराइसंग दुई पार्टीको एकताबारे मेरो कुराकानी भएको भनि आएका समाचारमा कुनै सत्यता छैन। बरू @brb1954 जीलाई चुनावी विजयपछि मैले वधाई दिन पाएको थिइन। यसै ट्वीटमार्फत उहांलाई वधाई तथा शुभकामना पनि दिन चहान्छु।
98
118
2K
@RabindraMishra
Rabindra Mishra
1 year
आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्! संसदको भूमिका भाडमे जाओस्, नियम-कानून भाडमे जाओस्, न्यायालय भाडमे जाओस्, पदीय जिम्मेवारी भाडमे जाओस्, प्रहरी, प्रशासन, अख्तियार, विद्यालय, विश्वविद्यालय, समाज भाडमे जाओस्, धर्म, संस्कृति, सभ्यता भाडमे जाओस्, युवाहरूको भविष्य भाडमे जाओस्, गरिवको…
167
189
2K
@RabindraMishra
Rabindra Mishra
1 year
यो व्यवस्था सुध्रन्छ भन्ने आशा गर्नु “गधालाई धोएर गाई बन्छ” भनेर आशा गर्नु जस्तै हो। पहिलेका राष्ट्रपतिको कुरै नगरौँ, तिनका कुकर्म सबै इतिहास भइसके। अहिलेका राष्ट्रपतिबाट धेरैले आशा गरेको होइन? अनि राष्ट्रपति राजनीतिबाट माथि हुनुपर्छ भनेको होइन? १। राष्ट्रपति हुनेवित्तिकै…
Tweet media one
230
239
2K
@RabindraMishra
Rabindra Mishra
7 years
चुनावी भिडियो: अनि मेरो छोराले भन्यो, "...म फर्किन भने मलाई दोष नदिनु होला!" (तपाईँले रिटुईट गरिदिनु भए धेरै भन्दा धेरै मतदाताकहाँ पुग्ने थियो)
99
734
2K
@RabindraMishra
Rabindra Mishra
5 years
जे पनि भन्दिने, जे पनि गर्दिने? मानवता विरूद्धका अपराधीहरू, अपराधीलाई जोगाउनेहरू, भ्रष्टाचारी र देश दोहनकारीहरू, पर्खिनोस्, जनमत बदलिँदै छ। अब धेरै वर्ष लाग्दैन। @Sajha_Party नेतृत्वमा आएपछि सुशासन भनेको कस्तो हुन्छ जेलमा बसेर टेलिभिजनमा हेर्नुहोला।
199
274
2K
@RabindraMishra
Rabindra Mishra
7 years
सामान्य बेइमानभन्दा बुद्धिमान बेइमानहरू देशका लागि झन बढी घातक हुन्छन्।
64
373
2K
@RabindraMishra
Rabindra Mishra
1 year
"अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।" प्रजातन्त्र दिवसका अवसरमा राजा ज्ञानेन्द्रको सन्देशबाट। @GBBShah
Tweet media one
149
85
2K
@RabindraMishra
Rabindra Mishra
4 years
सरकार, यिनलाई जेल हाल्ने धम्की दिने होइन। कहाँ छ यी सबै अटाउने ��ेल? के सिङ्गो देशलाई जेल बनाउने हो? चरम पीडामा गुज्रिरहेको यो पुस्ताको आवाज सुनेनौ भने, एउटा विन्दुमा यिनले चाहिँ तिमीहरूलाई जेल हाल्नेछन्। होशियार! (भिडियो: )
138
190
2K
@RabindraMishra
Rabindra Mishra
1 year
भ्रष्टाचारको छानविनका लागि पनि विदेशी दबाब नै चाहिने! भुटानी शरणार्थी काण्डमा भइरहेको छानविनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानविन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो? त्यो हो…
Tweet media one
177
226
2K
@RabindraMishra
Rabindra Mishra
1 year
१५ वर्षपछिको प्रेमपूर्ण भेट! असोचनीयस्तरको प्रतिकूलता व्योहोरेका राजा ज्ञानेन्द्रसँगको डेढ घण्टा लामो भेटमा उनको सदाझैँको शालीनता/सौम्यता/समझदारी/देशप्रतिको गहिरो चिन्ताबाट प्रभावित भएको अवस्था। बढ्दो भूराजनीतिक/आन्तरिक संवेदनशीलताबीच नेपालमा राजसंस्था अपरिहार्य भएको निष्कर्ष।+
Tweet media one
115
100
2K
@RabindraMishra
Rabindra Mishra
6 years
जुन प्रजातन्त्रमा देशका प्रधानमन्त्री र अन्य नेता भ्रष्टकहां गएर भोजन गर्छन् तिनले प्रजातन्त्र र देश दुबैलाई न्याय गर्न सक्दैनन्। ५ वर्षपछिको चुनावमा प्रजातन्त्र र ��ेश दुबैलाई न्याय गर्न सक्ने नेतृत्व निर्माण गर्न र चुन्न अहिलेदेखि तयारी गरौं। प्रजातन्त्र दिवसको शुभकामना!
90
205
1K
@RabindraMishra
Rabindra Mishra
3 years
भावना सधैँ अभिव्यक्त गर्न पर्दैन तर कहिलेकाहीँ त्यो अभिव्यक्त हुँदा अत्यन्तै शक्तिशाली हुन्छ। एकजना मित्रले पठाएको यो भिडियोले आज विहानै गर्विलो मुस्कान दियो। तपाईँहरू सबैलाई सलाम!
28
82
1K
@RabindraMishra
Rabindra Mishra
1 year
राजालाई ‘राष्ट्रप्रमुख’का रूपमा विचार गर्ने कि? राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो। तर सो भूमिका सदा पार्टीगत रह्यो। सेनाबाहेक सबै संस्था क्षयीकृत छन्। समाज महाभ्रष्ट छ। IQ सन्सारमै सबैभन्दा कम छ। धर्मसंस्कृतिमा धावा बोलिएको छ। देश विश्व भूराजनीतिको चपेटामा पर्दैछ।++
Tweet media one
222
117
1K
@RabindraMishra
Rabindra Mishra
6 years
काँतरहरूले सन्सारमा सधैं कहिल्यै पनि जित्न सक्दैनन्। गगन थापालाई आक्रमण गर्ने काँतरहरूमाथि कडा कारवाही होस्। चोट लागेका सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु! (फोटो: अनलाइनखबर)
Tweet media one
57
300
1K
@RabindraMishra
Rabindra Mishra
6 years
नेपाली राजनीतिमा गठबन्धन बदलिएको छ, आधारभूत चरित्र बदलिनेवाला छैन। हामीले बदल्न खोजेको आधारभूत चरित्र हो। त्यो असाध्यै जकडिएको छ। त्यसलाई तोड्न हामीले पर्याप्त समय पाएनौं। अब अर्को पटकको हामीले त्यो जकडिएको राजनीति तोड्न राम्रोसँग काम गर्नुपर्ने हुन्छ।
96
190
1K
@RabindraMishra
Rabindra Mishra
4 years
म कहिलेकाहिँ सामाजिक सञ्जालमा तथानाम गाली गर्नेहरूको प्रोफाइल खोलेर हेर्छु। ठूला दलका कुकृत्यको बचाउ गर्नेहरूको प्रोफाइल हेर्छु। अनि तीमध्ये धेरै किन विदेशिन वाध्य भए, किन राम्रो जागिर/पेशामा छैनन्, किन देशको यो हाल भयो? भन्ने प्रश्नको जवाफ पाउँछु। तर दोष तिनको होइन। कसको होला?
163
113
1K
@RabindraMishra
Rabindra Mishra
2 years
जातीय भावना/सद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिजको घटना।माफी मागि सके।युट्युबबाट कमेडी हटाइसके।तैपनि उनीमाथि यो ज्यादती!अति नगरौँ।समाज यसरी विग्रियो भने त्यसको रापमा हामी/हाम्रै सन्तान खरानी हुनेछन्, अन्य कयौँ देशमा जस्तै।
Tweet media one
65
252
1K
@RabindraMishra
Rabindra Mishra
7 months
"पापी निवास" को यो भिडियो मन परे व्यापकरूपमा श्यर गरिदिन आग्रह गर्दछु।
146
393
1K
@RabindraMishra
Rabindra Mishra
7 years
राजनीतिमा होमिन बीबीसीबाट राजीनामा (विज्ञप्ति): For English version,please follow this link:
Tweet media one
262
382
1K
@RabindraMishra
Rabindra Mishra
5 years
आफ्नै बुवाआमा र छोराछोरीलाई विषादीयुक्त तरकारी खुवाउने, गुण्डा र भ्रष्टाचारीलाई देखादेख बोकेर हिँड्ने, आफ्नै छोराछोरीलाई विदेशमा बेचिन बाध्य पार्ने नेताले नेपालमा सधैँ यति धेरै साथ/समर्थन किन पाउँछन्? यसका विविध पाटो समाजशास्त्री/राजनीतिशास्त्रीका लागि गहन अध्ययनको विषय हुनसक्छ।
87
218
1K
@RabindraMishra
Rabindra Mishra
6 years
'भिजनरी मेयर'ले रानीपोखरीमा प्रयोग गरेको हरेक ढुंगा, गिट्टी र छडमा म उनका लागि खसालिएको मतपत्र देखिरहेको छु। विद्याजी, अनुनय विनय गर्छु: कृपया सम्पदा सम्वर्धकहरूको आवाज सुनिदिनोस्। नजानेको कुरा अरूबाट सिक्दा इज्जत बढ्छ -- घट्दैन। @NamunaRabindraP @KanakManiDixit @r0shanmishra
Tweet media one
Tweet media two
50
330
1K
@RabindraMishra
Rabindra Mishra
7 years
उमेदवारी दर्ता गरेर नेपाल यातायातमा चढेर कार्यालय फर्किंदै विवेकशील साझाका हामी। चुनाव चिन्हः तराजु।
Tweet media one
106
198
1K
@RabindraMishra
Rabindra Mishra
4 months
“मपछि उही नै हो राजा!” सन्देश यही हुनुपर्छ। राजाले सबै कुरा बोल्दैनन्। संकेतलाई बुझ्नु पर्छ। अहिलेको समयमा सार्वजनिक मञ्चमा राज परिवारबाट राजा ज्ञानेन्द्र र नवयुवराज हृदयेन्द्र दुईजनाको मात्रै उपस्थितिको ठूलो राजनीतिक अर्थ छ। तर विशाल जनसागरबीच भएको त्यो उपस्थितिको अर्थपूर्ण…
Tweet media one
199
148
1K
@RabindraMishra
Rabindra Mishra
5 years
"म शासक होइन जनताको सेवक बन्न चाहन्छु।" प्रम ओलीले डावोसमा त्यसो भन्दा गहकिलो अभिव्यक्ति दिएँ भन्ठान्नुभएको होला। तर त्यस्ता कुरा उल्लेख गर्दा त्यो गहन होइन हलुका सुनिन्छ। धन्न उहाँले म विहान उठेदेखि राति नसुतेसम्म जनताको सेवामा तल्लिन रहन्छु भन्नुभएन। भाषण लेख्नेको ध्यान जाओस्।
135
122
1K
@RabindraMishra
Rabindra Mishra
6 years
यस्तो वियोग कसैको परिवारलाई नपरोस्। प्रकाश दाहालको आत्मालाई चीर शान्ति र परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्! हार्दिक श्रद्धाञ्जली!
38
214
1K
@RabindraMishra
Rabindra Mishra
7 years
अस्पताल चलाउनेले स्वास्थ्य, स्कूल चलाउनेले शिक्षा, सहकारी चलाउनेले सहकारी विधेयकमा हस्तक्षेप गर्ने भएपछि यो देशले सुशासन कहिले पाउने?
56
346
1K
@RabindraMishra
Rabindra Mishra
7 years
विवेकशील तथा साझा पार्टी एकिकरण घोषणा पत्रकार सम्मेलन बुधवार दिउँसो १.३० बजे इन्द्रेणी पार्ट प्यालेस, नयाँ बानेश्वरमा। फोटो @ujwalthapa र म।
Tweet media one
192
246
1K
@RabindraMishra
Rabindra Mishra
5 years
प्रचण्डको आम्दानीको आधारमा भन्ने हो भने उनलाई अमेरिका त कुरै छोडिदिउँ नेपालको निजी अस्पतालमा समेत उपचार खर्च बेहोर्न गाह्रो पर्छ। तर उनी सिंगापुर, अमेरिका गए। कहाँबाट आयो पैसा? उपचारका लागि परिवार सहित बारम्बार विदेश जाँदा विदेशी मुद्रा कसरी लगिरेहका छन्?
134
283
1K
@RabindraMishra
Rabindra Mishra
2 years
बालेनजी/सुनीताजीलाई बधाई तथा शुभकामना! चुनावअघिको कुरा बेग्लै हो। नतिजापछिको कुरा बेग्लै हो। तपाईंहरू दुबैजना ठूलो निराशाका बीच आशाको ज्योती बनेर उदाउनुभएको छ। त्यो ज्योतीले काठमाडौँको गौरव पुनर्स्थापित गर्न र काठमाडौँलाई उदाहरणीय शहर बनाउन सकोस्! मेरो ह्रिदयदेखिको शुभकामना!
Tweet media one
56
49
1K
@RabindraMishra
Rabindra Mishra
4 years
अत्यन्तै बिभाजनकारी, जातीवादी, उग्रवादी, झूठ, मिडिया स्वतन्त्रता विरोधी, विज्ञान विरोधी डोनल्ड ट्रम्प हारेकोमा खुशी छु। कसैले चाहे नि, नचाहे नि अमेरिकी राजनीतिले विश्व राजनीति र हामी हरेकको जीवनलाई प्रत्यक्ष/अप्रत्यक्षरुपमा छोएको हुन्छ। ट्रम्प खतरनाक थिए। गए। राम्रो भयो।
93
53
1K
@RabindraMishra
Rabindra Mishra
4 years
द लिडरः यो देशमा राजनीतिकर्मी धेरै भए, राजनेता भएनन्। @hamrorabi को नयाँ टेलिभिजन 'रियालिटी शो', जसले देश, विदेशमा रहेका नेपाली माझबाट लम्बे छनौट प्रक्रियाद्वारा 'राजनेता' बन्नसक्ने 'संभावना बोकेको' नेता खोज्नेछ। यो नितान्त नयाँ र रचनात्मक कार्यक्रमका लागि धेरैधेरै शुभकामना!
Tweet media one
147
103
1K
@RabindraMishra
Rabindra Mishra
4 years
केही दिनअघि चर्चित गायक @amritnepathya गुरुङ्ले गाउँ फर्केर रोपाईं गरेको फोटो प्रेषित गर्दै त्यसले गाउँमा रहेका/गाउँ फर्किन लागेका धेरैलाई बाँझो खेतबारीप्रति आकर्षित गर्ने उल्लेख गरेको थिएँ। आज पूर्व मुख्यसचिव/चीनका लागि पूर्वराजदूत @paudyallm को यो भिडियो भेटेँ।
85
87
1K
@RabindraMishra
Rabindra Mishra
3 years
१० लाख जना जोडिनु भएकोमा १० लाख पटक धन्यवाद! र, म मुरी, मुरी आभारी छु। धेरै सिकेको छु। सिक्दै जानेछु। मेरा सम्पूर्ण सिकाईहरू हाम्रै जीवनकालमा यो देशको रुपान्तरणका लागि सदुपयोग गर्न सकौँ।
Tweet media one
87
30
1K
@RabindraMishra
Rabindra Mishra
5 years
ओली जाम: बिराटनगर जान प्लेनमा बसेको १ घण्टा भयो। प्रधानमन्त्री ओलीको विमान अवतरण गर्न अर्को आधा घण्टा लाग्छ रे। हाम्रोमात्र होइन,सिङ्गो विमानस्थलको हाल यही छ। नेपाल भ्रमण वर्ष शुरू गर्नु अगाबै VVIP उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न हुन विशेष अनुरोध छ। @yogesbhattarai
74
148
1K
@RabindraMishra
Rabindra Mishra
7 years
गए राति सपनामा यस्तो एउटा देश देखेँ जहाँ जिवनभर आय आर्जन नगरी अरूको लुटेर खाने दानवहरू अट्टहास गर्दै मानवहरुको मृत्यु पर्खेर बसेका थिए!
48
402
1K
@RabindraMishra
Rabindra Mishra
7 years
यो पोस्टर भाइरल भएर दशौं लाख नेपाली मतदाताकहाँ पुगोस् भन्ने चाहान्छु। राष्ट्रिय पार्टी बन्न देशभरीबाट तराजुमा कम्तिमा ३ प्रतिशत भोट चाहिन्छ।
Tweet media one
68
634
1K
@RabindraMishra
Rabindra Mishra
3 years
नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्तै बधाई मात्र होइन भ्रमणको निम्ता समेत आउँथ्यो। अब नेपाल यति हलुका बनिसक्यो कि राजदूतले ट्विटरमा या सरासर घरमा गएर बधाई दिए हुने भयो। यी नेताले यो देशको हुर्मत यति लिए कि त्यसलाई पुनर्स्थापना गर्न हम्मेहम्मे पर्नेछ।
96
115
1K
@RabindraMishra
Rabindra Mishra
4 years
म ४ पटक प्रधानमन्त्री भए, तपाईँहरू कोही हुन सक्नुहुन्छ? - शेरबहादुर देउवा। म गाउँबाट उठेर देशको प्रधानमन्त्री भएँ, अब मलाई केही चाहिन्न - अर्का एक पूर्व प्रम। म: देश बदल्नुमा होइन, प्रधानमन्त्री हुनु नै सबैभन्दा ठूलो उपलब्धि ठान्ने नेताहरू भएसम्म उनीहरू बदलिन्छन्, देश बदलिँदैन।
76
170
1K
@RabindraMishra
Rabindra Mishra
1 year
काठमाडौं क्षेत्र नं १ का मतदाताहरूप्रति आभार प्रकट गर्न उनले आफ्ना पुस्तकबाट प्राप्त हुने लेखकश्व र त्यसमा थप जोडेर रू २५ लाखको 'काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष' स्थापना गर्ने घोषणा गरेका छन्।
119
93
1K
@RabindraMishra
Rabindra Mishra
4 years
यो देशको भविष्यबारे मलाई त्यतिबेला अझ बढी चिन्ता लाग्छ जतिवेला पढेलेखेका "युवाहरु" नै "लाला सलाम, कामरेड" या "जय नेपाल, दाइ" "हार्दिक बधाई छ" भन्दै महाभ्रष्ट नेताको फोटोले फेसबुक रङ्गाउँछन् या तिनलाई माला लाउन जेलको ढोकैमा पुग्छन्। देशको भविष्य तपाईंको हो, कृपया त्यसो नगरिदिनोस्।
84
149
1K
@RabindraMishra
Rabindra Mishra
8 years
Pain and shame only hurts once अर्थात पीडा र लज्जाले एकपटक मात्र दुख्छ। दुबै पचाइ सकेका हरूलाई केहीले पनि नछुने रहेछ।
29
535
1K